काठमाडौं । संसद बिगठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्याली कोणसभामा परिणत जसपाको सचिवालयले जनाएको छ ।