काठमाण्डौ । गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ ।
दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ, बिमला खजुम लिम्बु, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङको फिचरिङ्ग हेर्न सकिने छ।
शिवसंगम राईको शब्द तथा संगीत रहेको गीतमा गायक विजय फागो वनेम, राजेन्द्र केरुङको साथमा उषा राई र उपसना पोखरेलको स्वर रहेको छ ।
गीतमा नेपाली युवाको विदेशिनुको पीडालाई देखाइएको म्युजिक भिडियो निदेशक दुर्लभ जनतारेले बताए ।
https://www.youtube.com/watch?v=vhTBNekL8AE&t=244s