मन्त्रालय घटाउ खर्च कटौती गरौ – सांसद किराँती

मन्त्रालय घटाउ खर्च कटौती गरौ – सांसद किराँती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किराँतीले महामारीले गम्भीर आर्थिक संकट सिर्जना गरेको बेला फजुल खर्च रोक्न मन्त्रालय घटाउनुपर्नेमा जोड दिएका छन् । मन्त्रालय फुटाएर भागबन्डाको राजनीतिलाई प्रसय दिनु बर्तमान अवस्थामा उचित नभएको किराँतीको भनाई छ ।

युवाहरुसँगको एक अन्तकृयात्मक कार्यक्रममा बोल्दै सांसद किरातीले भने, नेताहरुको गुटगत समिकरण मिलाउन मन्त्रालयनै फुटाउने चर्चा चलिरहेको छ । यो जनताले भरोषा गरेको पार्टी नेकपाका लागि शोभनिय विषय हैन । ’ किरातीले भने, कायम रहेको मन्त्रालयलाई गाभेर १५ मा घटाउने र मन्त्रिपरिषदमा महिलाको सहभागीतालाई ५० प्रतिशत कायम गराउनुपर्ने यदि त्यो सम्भव नभएपनि संविधानत ३३ प्रतिशत अनिवार्य सुनिश्चित गर्दै समावेशी चरित्रको बनाउन आवश्यक छ ।’

कार्यक्रममा बोल्दै सांसद किराँतीलेस्थानीय तहमा अधिकार र बजेट व्यापक बढाउनुपर्नेमा जोड दिनुभएको छ । उनले केही समयअघि मात्रै चरम अन्तरसंघर्षलाई पार गरेर आएको नेकपाभित्र सरकारले मनोमानी रुपमा मुख्यसचिव र राजदुतहरुको नियुक्त गर्नुले पार्टीमा विवादलाई पुनः निम्तो दिएको बताएका छन् ।

कार्यक्रममा बोल्दै सांसद किरातीले भने– ‘ठूलो भूमरी छलेर अघि बढ्न खोजेको नेकपाको हलो मन्त्रीपरिषद पुनर्गठनमा आएर अड्काईयो ।राजनीतिक नियुक्तिमा आएर गोरु चुटीयो र यसले दुर्घटनालाई निम्तो दिएको छ ।’ सांकेतीक रुपमा खरो टिप्पणी गर्दै किरातीले भने– ‘राजतन्त्रमा जसको हालीमुहाली थियो, गणतन्त्रमा पनि उसैको हालीमुहाली छ । यसले नागरिकहरुमा चरम निराशा हुनु स्वभाविक छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका