रौतहटमा निषेधाज्ञा एक साता थप

रौतहटमा निषेधाज्ञा एक साता थप

काठमाण्डौ । रौतहट जिल्ला प्रशासन कार्यालयले भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखि १५ गते सम्म एक साता थपेको हो ।

निषेधाज्ञामा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखि ११ बजे सम्म संचालनको छुट दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

रौतहटमा संक्रमितको संख्या १ सय ६० पुगेको छ । रौतहटमा स्वाब संकलन गरिएकामध्ये ९ सय ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका