निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राख्दै, छाड्दै

निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राख्दै, छाड्दै

काठमाडौं । कोरोना (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले गएराति १२ बजेदेखि एक हप्तासम्मको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउनको लागि बाक्लो सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।
निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने चेतावनी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिएका छन् । तर आजबिहान भने प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केहीबेर होल्डिङ सेन्टरमा उभ्याएर छाडेका छन् ।

जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई व्यक्तिगत दुरी कायम राखी केहीबेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन बर्जित गरिएको छ । पसलहरु पनि बिहान सात बजेसम्म मात्रै खोल्न दिइएको छ । प्राय भीडभाड हुने काठमाडौंका सडकहरु निषेधाज्ञा जारी भएपछि सुनसान देखिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका