विश्वमा दुई करोड नाघे कोरोना संक्रमित

विश्वमा दुई करोड नाघे कोरोना संक्रमित

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका छन् ।

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १९१ पुगेको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका