सोलुखुम्बुमा नेपाल टेलिकमको टावरमा निजी कम्पनीले फाइदा उठाउदै

इन्टरनेट सेवा प्रदायक निजी कम्पनीले ब्यापार गरिरहेको ...

सोलुखुम्बुमा नेपाल टेलिकमको टावरमा  निजी कम्पनीले फाइदा उठाउदै

जेठ २८, काठमाडौं – सोलुखुम्बुको विभिन्न ठाउँमा निर्माण गरिएको नेपाल टेलिकमको टावरमा इन्टरनेट सेवा प्रदायक निजी कम्पनीले ब्यापार गरिरहेको पाइएको छ ।

सोलुखुम्बु र खोटाङ्गको केही भागमा इन्टरनेट सेवा प्रदान गरिरहेको नुम्बुर नेटवर्क प्रा.लि.ले नेपाल टेलिकमको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ तुम्बुक र थुलुङ्ग दुधकोशी गाउँपालिकाको वडा नं. २ काँगेल डाँडामा रहेको टावरमा इन्टरनेटको उपकरण जडान गरेको भेटिएको  अनलाइन खबरउल्लेख छ ।

नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायत समेतको मिलेमतोमा नेपाल टेलिकमको टावर निजी कम्पनीलाई प्रयोग गर्न दिईएको आरोप स्थानीयले लगाएका छन् । टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले नुम्बुर नेटवर्कले टेलिकमको टावरहरु प्रयोग गरिरहेको स्वीकार गरेका छन् ।

उनले विगत ६ महिनादेखि नुम्बुर नेटवर्कले टेलिकमको टावर प्रयोग गरिरहेको बताए । ‘काँगेल डाँडामा रहेको टावर विगत ६ महिनादेखि प्रयोग गर्दै आएको छ । अहिले क्याम्जे डाँडामा पनि मागिरहेको छ, मैले केन्द्रीय कार्यालयबाटै स्वीकृति लिएर आउनु भनेको छु’ प्रमुख कठायतले भने ।

नुम्बुर नेटवर्कले केही समय अघिसम्म पत्ताले डाँडामा रहेको टावरमा समेत उपकरण जडान गरी टेलिकमकै वैकल्पिक उर्जा समेत प्रयोग गरिरहेको थियो ।

नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले अनधिकृत रुपमा राखिएका उपकरणहरु तीन दिनभित्रै हटाउन निर्देशन दिने बताएका छन् । आगामी दिनमा टेलिकमको प्रयोग गर्ने भए प्रधान कार्यालयबाटै स्वीकृति लिएर आउनुपर्ने र अहिले प्रयोगमा आइरहेकाको टावर तीन दिनभित्रै हटाउन निर्देशन दिई हटाउन लगाउने कठायतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका