कविता – ‘मन’

शशिकला राईको कविता

कविता – ‘मन’

 

शशिकला राई

 

रंगिन अनि कलिला सपनालाई,
फक्राएको हेर्न मन छ ।
थाहा नभई भिजाएको,
सिरेटोलाई मेट्न मन छ ।
दुई चार शब्द अनि दृश्यलाई,
कोर्न मन छ ।
आधिबाटो हैन अब,
अघिबाटो हिंड्ने मन छ ।
हिजो आज सपनीमा हैन,
बिपनिमा देख्न मन छ ।
काडा हैन, टाढा हैन,
सगै जङघार तर्न मन छ ।
बिश्वासमाथि घात हैन,
मायाको ओत लाग्ने मन छ ।
बिडम्बनालाई छायाँमा परिनत गरी,
सङै सङघार तर्ने मन छ ।
जल अर्पन गरि बस्नु तिमी,
मलाई सुर्यको किरण बनी
आउने मन छ ।
थाहै नपाई न्यानो साथ रोज्ने मन छ ।
थाहा छ,
तिम्रो आदर्शभाव
तर पनि,
सँगै जीवन काट्‌ने रहर छ ।
***

कवि शशिकला राईसँग सामाजिक संजालमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका