खोटाङमा फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि

हलेसी तुवाचुङ नगरपालिकामा फेरि तीन जनामा‍...

खोटाङमा फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि

 

जेठ २२- खोटाङका थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

एक २० वर्षीय कोरोना संक्रमित युवा भेटिएको हलेसी तुवाचुङ नगरपालिकामा फेरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले जानकारी दिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाका दुई जना र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका एक जनामा कोरोना संक्रमण देखिएको पत्रकार दिलिप खत्रीलाई उद्धृत गर्दै हिमाल एफएमले जनाएको छ । भारतबाट आएका उनीहरु हालसम्म  क्‌वारेन्टिनमा बसिरहेको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका