अमृता लिम्बुको गीत ‘शिरफूल’ को भिडियो सार्वजानिक

डि आर अटुको संगीतमा ...

अमृता लिम्बुको गीत ‘शिरफूल’ को भिडियो सार्वजानिक

काठमाडौं –  गायिका अमृता लिम्बुको आवाजमा रहेको ‘शिरफूल’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वेली लोक संगीतको दुनियाँमा आफनो छुटटै स्थान बनाउन सफल संगीतकार डि आर अटुको संगीतमा ‘शिरफूल’ गीत बजारमा आएको हो । गीतमा जानु काम्बाङ लिम्बुको शब्द रहेको छ भने गीतलाई राजु कार्कीले ऐरेन्ज गरेका छन् ।

‘दिक्तेल बजार’, ‘गुडी जाने रेल’, ‘घाम छायाँ’, ‘झुम्के माया’, ‘नौलाई सुन्ना नब्बे’, ‘माया हजुर’, ‘माथी है पर्‍यो’, ‘दिक्तेल बजार-२’, ‘हिडि जाने बटुवा’, ‘माथिमाथि हिमाली भेगमा’, ‘सोल्टिनी ज्यु’ जस्ता मौलिक एवम् नेपालीपन बोकेका  चर्चित पुर्वेली लोक गीतहरु भाकाहरुमा संगीतकार डि आर अटुले संगीत दिइसकेका छन्  । यसका साथै दर्जनौं हिट आधुनिक गीतहरु आम दर्शक तथा श्रोता माझमा पुर्‍याइसकेका गीतकार तथा संगीतकार डि आर अटुले मौलिक लोक सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै गीत संगीतमा मौलिक भावहरुलाई आम दर्शक तथा स्रोता माझमा ल्याइएको बताएका छन् ।  भिडियोको छायाङ्‌कन तथा सम्पादन इसाक जबेगुले गरेका छन् ।

यस अगाडि बजारमा आएको ‘चरी भए भुरुरु’ गीतको हालसम्म एक लाख पाँच हजार भन्दा वढी ‘टिक टक भिडियो’ निमार्ण भएको छ । भिडियो हेर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका