कविता- कालापानी हाम्रो, लिपुलेक हाम्रो

नविन कार्कीको समसामयिक कविता

कविता- कालापानी हाम्रो, लिपुलेक हाम्रो

 

नविन कार्की

 

 

 

 

 


यति सुन्दर ठाउँ लिपुलेक, कालापानी हाम्रो ।

ज्यानै जाओस् बरु, जुटेर सीमा बचाउनु राम्रो ।।

मिच्न नदेऊ सिमाना लिपुलेक लिम्पियाधुरा ।

बचाइराख मातृभूमि एकसाथ जिम्मेवारी गर पूरा ।।

अब सहर बस्ति होइन प्रहरी जवान लैजाऊ सीमामा ।

पच्चिस जना मात्र होइन राखौं सुरक्षा क्याम्प जिम्मामा ।।

कति पर्छौ भर अरुको काम आफै गर्ने गर ।

बाह्र किमि टाडा बस्ने होइन अब सिमानामै सर ।।

रुन्छिन् नेपाल आमा धुरु–धुरु कत्रो पीडा बोकी छटपटाई ।

ध्यानै दिन्नौ कति तिमी खान्छन् छिमेकीले लटपटाई ।।

हिजो सिंगो राष्ट्रलाई रुवाउने एक मधेस एक प्रदेश भन्नेहरु ।

सिमाना जाऊ खोइ कहाँ हराए ती दादागिरि बन्नेहरु ।।

भूमि त्यसै छोड्ने होइन अब सिमानामा तारबार लगाउनुपर्छ ।

हामी सारा नेपाली अब एकजुट भई राष्ट्रियता जगाउनुपर्छ ।।

कत्ति लोभी छिमेकी तिमी लिपुलेक कालापानीमा अल्झ ।

भोलि ग्रेटर नेपालको नक्सा बोकी आउछौं त्येतिखेर तिम्रो के चल्छ ।।

कुनै जाति धर्म क्षेत्र हेर्ने होइन अब राष्ट्र जोगाउन उठ ।

राष्ट्रघाती सम्झौता गर्ने जोकोहीलाई अब हुनुहुन्न छुट ।।

पार्टीबादी कदापि हेर्ने होइन अब राष्ट्रियता हेर ।

आजैबाट एकसाथ जाग उठ इतिहासलाई केर ।।

बिन्ति छ मेरो एक निमुखा जनतालाई हेर ।

अझै इतिहास साक्षी छ, देशको नयाँ नक्सा फेर ।।

छायो खुसी आज नयाँ नक्सा कोर्दा ललाट ।

कत्तै भुल गल्ति भए माफ पाउँ मबाट ।।

जगायो समस्त प्रतिभा यस देशको निम्ति ।

उत्पादनशील बन स्वावलम्बी बनौं मेरो छ बिन्ति ।।

आजै इतिहास कोरौ राखौं नाम हाम्रो ।

बिश्वलाई नै चिनाउने गरौं काम राम्रो ।।

 

माप्या दुधकोशी गाउपालिका-३, सोलुखुम्बु ।

कवि नविन कार्कीलाई सामाजिक संजालमा भेट्न यहाँ क्लिक  गर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका