अब,
मन थाम कर्णे !
तिमीले भने जस्ताे कहाँ हुनु र ?
तिमीले देखेकाे ,
उसले देखेकाे वाटाे नै फरक छ।
हेर कर्णे !
विपी जस्ता कांग्रेस अहिले छन् ?
अब जन्मन्छन् ?
तिम्रा एमालेले सबै वादलाई भाेटे ताल्चा लगाएर
पुँजीवादकाे काशीयात्रा गर्दैछ।
अनि कर्णे ! सुन त,
तिमीले संझेकाे माओवादी ?
दिनरात केपीकाे विराेध गरे-गरे
अहिले उसै संग सती गए।
अनि के कुरा गर्छौ कर्णे ?
अझै पनि तिमीलाई लाग्दाे हाे,
हजुर !
मेरा केपीहरु।
मेरा सेर बहादुरहरु ।
मेरा प्रचण्डहरु।
तर अब यसाे हैन कर्णे !
विचार बदल,
तिमीले पनि तिम्रा सेर बहादरकाे नाउमा
बारम्बार मेराे न्यागीमा निहुँ नखाेज।
र,
म कहिल्यै मेराे प्रचण्डकाे आडमा
हाम्राे वासमा तिमीलाई गिल्ला गर्दिनँ।
अनि, उसले पनि मेरै केपी नभनाेस्।
जलेश्वरकाे मेलामा धारे हात नलाओस्।
कर्णे !
बरु तिमी हामी मात्रै कुरा गरौं न,
बरु हामी खेतीपातीकाे कुरा गरौं न,
बरु शिक्षाको चाहिँ पाे कुरा गरौन।
अनि ?
अनि के हुन्छ ?
आत्मनिर्भरता बढ्छ।
२०७२ काे जस्ता भुकम्प,
२०७७ काे जस्ताे ‘लकडाउन’ले हामीलाई केही गर्न सक्ने छैन।
अनि,
खाडीमा पसिना बगाउनु पर्दैन।
बरु सक्षम भएर,
सीप लगाएर
एउटा कम्पनी चलाउला।
गाउँमा मकै राेपौंला,
तर,
सीप लगाएर राेपौंला।
हेर कर्णे !
अब दिनभर अरुकाे कुरा काट्नुभन्दा,
दिनभर फेसबुक हेर्नुभन्दा
बरु त्यही माेबाइलमा गान्धीकाे बारेमा पढौं,
त्यही माेवाईलकाे गुगलमा
ज्याक्मा काे बारेमा पढौं।
त्यही माेबाइलकाे एप्ले
सयौं फूलका नामहरू
जनावरका ल्याटिन नामहररू,
विरुवाका वैज्ञानिक प्रजातीहररू पढेर बसौं।
अनि,
तिमीले साेचेकाे भन्दा फरक त्यही प्रचण्ड, केपी र सेरबहादुरहरू हुने छन् ।
हेर कर्णे,
बेलैमा विचार गर।
ती राजनीति गर्ने कर्णेहरु।
हामी श्रम गर्ने कर्णेहरु।
फरक छौं, धेरै फरक छौं ।
कर्णे !
धेरै फरक छौ ।