Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेसहित विपक्षी ९ दलद्धारा थप आन्दोलनको घोषणा – Gaule Khabar

एमालेसहित विपक्षी ९ दलद्धारा थप आन्दोलनको घोषणा

एमालेसहित विपक्षी ९ दलद्धारा थप आन्दोलनको घोषणा

काठमाडौं,पुस ७ –

नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयकविरुद्ध थप आन्दोलनको घोषणा गरेका छन् ।बिहिबार एमाले मुख्यालय धुम्वाराहीमा बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी ९ दलको संयुक्त बैठकले दबावमुलक आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठकमा पुस २२ गते काठमाडौंमा वृहत र्यालीसहित जनप्रदर्शन गर्ने निर्णय भएको छ । यसअघि १७ गते गर्ने भनिएको आमसभासहितको यो कार्यक्रम अंग्रेजी नयाँ वर्ष परेको भन्दै २२ गतेलाई सारिएको हो ।

आमसभाको भव्य तयारी भइरहेको भन्दै एमाले कार्यालय सचिव श्रेष्ठले संशोधन प्रस्तावविरुद्ध सरकारलाई विपक्षी दलहरुले शक्ति देखाउने बताए । ‘एमालेसहितका विपक्षी दलहरुले २२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्छन्,’ उनले भने- ‘लाखौं जनता सडकमा उतार्छाै । फिर्ता लिन दबाब दिन्छौं ।’

उनका अनुसार विपक्षी दलहरुको गठबन्धनमा विश्वेन्द्र पासवानको पार्टी पनि समावेश भएको छ र, आजको बैठकमा अध्यक्ष पासवान सहभागी भएका छन् । यससँगै विपक्षी गठबन्धनमा ९ दल भएका छन् ।बैठकले संशोधन विधेयकलाई कुनै हालतमा संसदमा प्रवेश गर्न नदिने र अवरोध कायमै राख्ने निर्णय पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका