सल्लेरिमा प्रदेश स्तरिय भलिबल शुरु, १३ जिल्लाको सहभागिता

सल्लेरिमा प्रदेश स्तरिय भलिबल शुरु, १३ जिल्लाको सहभागिता

गाउँले न्युज, सोलुखुबु । सोलुखुम्बुको सदारमुकाम सल्लेरिमा मंगलबारबाट मदन भण्डारी स्पोर्ट एकेडेमिले प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सन्चालन गर्ने भएकोछ । मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नम्बर १ को आयोजनामा प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता योङ स्टार क्लवको खेल मैदानमा हुन लागेको हो ।

चार समुहमा विभाजन गरि खेलाईने प्रतियोगितामा ताप्लेजुङ बाहेक प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागिता रहने आयोजकले जनाएको छ । जस अन्तरगत समूह ‘ए’ मा झापा, धनकुटा, ताप्लेजुङ र इलाम रहेका छन । त्यस्तै समूह ‘वि’ मा घरेलु टिम सोलुखुम्बु, भोजपुर र उदयपुर छन । समूह ‘सि’ मा सुनसरी, पाँचथर र संखुवासभा रहेको आयोजकले जनाएको छ ।

समुह ‘डि’ मा ओखलढुङ्गा, तेह्रथुम, खोटाङ्ग र मोरङ रहेका छन । पहिलो खेलमै झापाले वाकओभर पाएको छ । ताप्लेजुङ सहभागि नहुने भएपछि झापाले पहिलो खेल नखेलि अंक प्राप्त गर्ने अवसर पाएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको समूह चरणका खेल वेष्ट अफ ३ र क्वाटरफाइन पछिका खेलहरु वेष्ट अफ ५ मा खेलाईने छ ।

नेपाल पर्यटन बर्ष २०२० लाई समेत सहयोग पुर्‍याउने आयोजित जनाएको छ । उक्त्त खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमस १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडीलाई नगद १५ हजार, उदयमान, बेष्ट ब्लकर, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेस्ट डिफेन्सर, बेष्ट सर्भरलाई नगद १०/१० हजार रुपैयाको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । साथै खेलाडीलाई भत्ता, खेल पोषाक, खान, बस्न र यातयातको ब्यवस्था आयोजकले गर्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका