गाउँले न्युज, सोलुखुम्बु । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु जिल्ला थुलुङदुधकोशी गाउँपालिकाका एक ब्याक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले थुलुङ दुधकोशी गाउँपालिका २ गैरी घर भई भक्तपुर लोकन्थली बस्ने ४० बर्षिय बालकृष्ण कार्कीलाई आइतबार भक्तपुरबाटै पक्राउ गरेको हो ।
कार्किले कतार, माल्दिभ्स लगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर आठ लाख रुपैयाँ लिएर फरार भएका थिए । पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले बताए ।