गाउँले न्युज, काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भोटका लागि कहिलेकाहीँ सप्ताह, यज्ञ र पूजालगायतका धार्मिक समारोहमा जानु पर्ने बताएका छन ।
कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणको अन्तिम सत्रमा कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मासँग परिसंवाद गर्दै कहिलेकाहीँ सप्ताह, यज्ञ र पूजालगायतका धार्मिक समारोहमा सहभागी हुँदैमा अन्धविश्वासी भयो भन्न नमिल्ने बताएका छन् । जनता जहाँ छन् त्यहाँजानुपर्छ भनेर मार्क्सले पनि भनेका थिए । जनतासँग जोडिने कुरालाई नकारात्मक रुपमाहेर्न मिल्दैन ।’
दहालले पछिल्लो समय धेरै समय जनताकै हितका बारेमा सोच्ने गरेको भए पनि फूर्सदकोसमयमा पुस्तक पढ्ने र सद्गुरुका प्रवचन हेर्ने गरेको बताए । सद्गुरु सबैभन्दाभौतिकवादी भएको बताउँदै अध्यक्ष दाहालले उनको प्रवचन सुन्दैमा आफूलाई अन्धविश्वासीभयो भनेर नबुझ्न सबैलाई आग्रह पनि गरे ।