गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका १, खिरौलेमा ४५ फिट अग्लो बोधिचैत्य (च्याङ् छ्युब छ्योर्तेन) निर्माण गरिएको छ । स्थानीयबासीको अगुवाईमा ५५ लाख लागतमा उक्त चैत्यको निर्माण गरिएको हो ।
पर्यटकीय हिसाबले प्रवल सम्भावना बोकेको महाकुलुङ गाउँपालिका धार्मिक दृष्टिकोणबाट पर्यटन प्रबर्द्धन गर्न स्थानीयबसीले आफ्नै पहलमा चैत्यको निर्माण गरेका छन् । त्यस क्षेत्रमा रहेको २५ फिट अग्लो चैत्य भूकम्पले भत्काएपछि निर्माण हुन सकेको थिएन । लामो समयसम्म पुनःनिर्माण नभएपछि स्थानीयबासीको सकृयतामा निर्माण गरेको नेपाल बाैद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु लामाले बताए ।
आईतवार सङ्घीय सांसद हेमकुमार राई, नेपाल बौद्ध ङिङमा संघका अध्यक्ष एवं सेन्टक टुल्कु रिम्पोछेले संयुक्तमा चैत्यको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेश संसद उत्तमकुमार बस्नेत, गाउँपालिकाका अध्यक्ष सागर किराँती, नेपाल कयुनिस्ट पार्टी नेकपाका सचिब कर्ज्यङ शेर्पा (गोम्बु) स्तानीया जन्प्रतिनिधी, बुद्विजिवी र स्थानीयको बाक्लो उपस्तिथी रहेको थियो ।