गाउँले न्युज, एजेन्सी । जीवनका सबै निर्णय र हामीले गरेका सबै काम ठीक हुन्छन् भन्ने छैन । कतिपय अवस्थामा आफ्नो गल्तीको महसुस भएपछि हामीलाई लामो समयसम्म पछुतो लागिरहने गर्छ । विशेषगरी यसबारेमा वृद्धहरुलाई सोध्दा थाहा पाउन सकिन्छ । उनीहरुले जवानीमा गरेका केहि गल्ती बूढो हुँदा सम्म सम्झिरहन्छन् र त्यसको पछुतो उनीहरुलाई जीवनभर महसुस हुने बताए ।
१. ‘आइ लभ यु’
जवानीमा हामी धेरै जोश र सौन्दर्यले भरिएका हुन्छौँ । तर आफूले मौका पाउँदा पाउँदै पनि माया गर्ने मान्छेलाई आफ्नो मनको कुरा भन्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । त्यसबेला हामीलाई यो कुरा केही होइन जस्तो लागेपनि पछि गएर यो सानो कुराले पनि हाम्रो जीवन बदल्न सक्थ्यो भनेर हामीलाई पछुतो लाग्नेछ ।
२. अरु मानिसले के सोच्छन् ?
यो प्रश्नले हाम्रो जीवनलाई धेरै प्रभाव पारिरहेको हुन्छ । समाजले के भन्छ, अरुले के भन्छन् भन्ने सोचेर हामी आफ्नो मनमा लागेको कुरा गर्न र बोल्न समेत डराउछौँ । तर यो कुराको आभास हामीलाई तब मात्र हुन्छ जब हामीले चाहेर पनि हाम्रो जीवन परिवर्तन गर्न सक्दैनौँ ।
३. पछि गरौँला
जीवनले सधैँ सधैँ अवसर दिइराख्दैन भन्ने कुरा बुझ्न हामीलाई धेरै समय लाग्छ । त्यसकारण हामीले त्यस्ता अवसरलाई सजिलै खेर फाल्दिने गर्छौँ । जस्तै हामीले कतै घुम्ने भनेर योजना बनाएपनि पछि जाऔँला र सबै काम पछि गरौँला भनेर साँची राख्ने गरेका छौँ । यो एकदम गलत कुरा हो किनकी यस्तो समय र यही मौका दोहोरिएर नआउन पनि सक्छ ।
४. म कति सुन्दर छु
किशोर अवस्थामा हामी कति सुन्दर थियौँ भन्ने कुरा हामीले चाउरी परेपछि मात्र महसुस गर्छौँ । अहिलेको समयमा जसले पनि आफूलाई अरुसँग तुलना गर्ने गर्छ र आफ्नो सुन्दरताको कहिल्यै सम्मान गर्दैन । यसै कारण उनीहरुमा आत्मविश्वासको कमी हुन्छ जसकारण हामी बाँकी मानिसभन्दा पछि पर्दै जान्छौँ । तर उमेर बढ्दै गएपछि मात्र मानिसलाई यस कुराको आभास हुन्छ ।
५. आमाबुवाले भनेको ठीक रहेछ
जवानीमा सबैले आफ्ना बाबुआमाका सल्लाह र सुझावसँग दिक्क मान्छन् । सबैलाई आफ्नो जीवनको निर्णय आफैँ लिन सक्छु भन्ने लाग्छ । तर हाम्रा आमाबुवाले हाम्रो कुभलो कहिल्यै सोचेका हुँदैनन् र उनीहरुले दिएका सुझाव कुनै न कुनै बेला अवश्य काम लाग्छ । यसको आभास हामीलाई पछि मात्र हुने गर्छ जसबेला धेरै ढिलो भइसकेको हुन्छ ।
६. करिअर
किशोरावस्थामा हामीले आफ्नो भविष्यका बारेमा भन्दा पनि जे हातमा आयो त्यही हिसाबले काम गर्ने गर्छौँ । तर यसबारेमा हामीलाई पछि मात्र पछुतो लाग्छ जब हामी त्यसबाट सजिलै बाहिर निस्कन सक्थ्यौँ तर अलिकति हिम्मतको कमीले हाम्रो जीवनको लक्ष्य अधुरै रहन जान्छ ।
७. परिवार र साथीभाइ
कतिपय मानिसहरु जवानीमा कामको व्यस्तताका कारण साथीभाइ र परिवारसँग पर्याप्त समय बिताउँदैनन् । करिअर बनाएपछि र पैसा कमाएपछि रमाइलो गरौँला भन्ने सोचले उनीहरु टाढा हुँदै जान्छन् । तर उमेर बढ्दै गएपछि यसको धेरै पछुतो लाग्छ ।
८. आफ्नो कलाको कदर नगर्नु
जवानीमा हामीसँग कला हुँदा हुँदै पनि हामीले त्यसलाई वास्ता गर्दैनौँ । जस्तै कोहि मान्छे गीत गाउनमा राम्रो हुन्छ भने कोही लेख्नमा, तर हामीसँग समय र कला दुवै भएका बेलामा हामीले त्यसको कदर गर्दैनौँ । यसकारण पछि मात्र हामीलाई यसको आभास हुन्छ ।
९. जीवन एउटा एड्भेन्चर
हामीसँग ऊर्जा भएको समयमा हामी धेरै रमाइलो गर्न सक्छौँ । उमेर छँदाछँदै जीवनलाई एड्भेन्चर जसरी लियौँ भने पछि हामीसँग धेरै यादहरु र कथाहरु हुन्छन् तर जीवनको मज्जा समयमै लिएन भने हामीलाई सधैँ पछुतो लागिरहनेछ ।
१०. स्टेजमा जाने मौका
जीवनमा कुनै समय मानिससँग स्टेजमा गएर प्रदर्शन गर्ने मौका हुन्छ । मौका हुँदाहुँदै पनि हामी लाज मान्छौँ तर पछि गएर हामीलाई धेरै पछुतो लाग्छ । त्यसबेलाको एउटा मौका जान दिएर हिम्मत नगरेकोमा सधैँ मनमा नराम्रो लागिरहन्छ ।