माप्य दुधकोशी गाउँपालिकामा एकै दिनमा २ भवन र एक मन्दिरको उत्घाटन

माप्य दुधकोशी गाउँपालिकामा एकै दिनमा २ भवन र एक मन्दिरको उत्घाटन

गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा एकै दिनमा २ भवन र एक मन्दिरको उत्घाटन सम्पन्न भएको छ ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्विकिरण राईको प्रमुख अतिथिमा उक्त भवन र मन्दिरको उत्घाटन सम्पन्न भएको हो ।

माप्य दुधकोशी गाउँपालिका ३ स्थित हिमालय माबी खास्ताबको बागलरे भिरमा निर्माण भएको सरस्वती मन्दिर, सोही माबिको २ कोठे भवन र वडा न २ राप्छामा स्थित दिप्लुङ कृषक समूहको कृषि भवन उत्घाटन सम्पन्न भएको हो ।

माप्य दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष क्रमश ०७६/७७, ०७४/७५ र ०७५/७६
मा बिनियोजित बजेट बाट निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता माया मगर, माप्य दुधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरब राई, माप्य दुधकोशी गाउँपालिका १ न वडाका काबा अध्यक्ष सजन्न राई, २ न वडाका अध्यक्ष तेज बहादुर मगर, माप्य दुधकोशी गाउँपालिकाका बुद्विजिवी, शिक्षक र स्थानियाहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

दिप्लुङ कृषक समूहको कृषि भवन उत्घाटन गर्नुहुँदै माप्य दुधकोशी अध्यक्ष बुद्विकिरण राई फोटो: प्रेम कुमार राई
सरस्वती मन्दिरको उत्घाटन पश्चात आफ्नो भनाइ राख्दै माप्य दुधकोशी अध्यक्ष बुद्विकिरण राई फोटो: प्रेम कुमार राई
दिप्लुङ कृषक समूहको कृषि भवन उत्घाटन पश्चात सामुहिक तस्बीर खिच्दै प्रमुख अतिथी लगायत अन्य अतिथिहरु फोटो: प्रेम कुमार राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका