गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिका जोड्ने दिप्लिघाटमा बन्न लागेको मोटारेबल पुलको शिलान्यास भएको छ । शनिबार एक कार्यक्रम बीच मा हेमकुमार राई सुरबिरले सिलन्यास गर्नुभएको हो ।
शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मा.हेमकुमार राई(सुरविर)ले जनताको दैनिकिलाई र सुदुर भविष्यसम्म योगदान गर्ने महत्वपुर्ण संरचना भएकोले ढिलाई नगरि समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा निर्वाचनको क्रममा जनताको ठुलो माग रहेको,सांसद राईले जसरी पनि निर्माण सम्पन्न गरेरै छोड्ने प्रतिबद्दता जनाउनुभएको ।
उक्त्त मोटारेबल पुल निर्माणको लागि निर्माण कम्पनी महादेव खिम्तिले १० करोड १८ लाख १९ हजार ७ सय २९ लागतमा जिम्मा लिएको हो ।
थुलुङ दुधकोशि गाउपालिका अध्यक्ष असिम राई को अध्यक्षतामा सोताङ गाउपालीका र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य उत्तम बस्नेत,नेकपा सोलुखुम्बु अध्यक्ष मानविर राई,नेकपा जिल्ला सचिव कर्ज्याङ शेर्पा,जिल्ला समन्वय प्रमुख बिर बहादुर राई,नेचासल्यान गाउपालीका अध्यक्ष डुफकुमार बास्तोला लगायत सोलुखुम्बुका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।
यातायात संजालमा जोडिए पश्चात साविकका पावै, सोताङ, बुङ, छेस्काम, गुदेल गाबिस/हालका सोताङ र महाकुलुङ गाउपालिकाका नागरिकहरुको जिवनशैली सहज बन्न सहयोग पुग्ने,राजधानी लगायत बाकि भुभागसंग सिधा पहुच हुने,क्रिषि तथा पर्यटनमा थप टेवा पुग्ने छ ।