संघको २९ औं साधारणसभाका अवसरमा विभिन्न व्यक्तित्व सम्मानित

संघको २९ औं साधारणसभाका अवसरमा विभिन्न व्यक्तित्व सम्मानित

गाउँले न्युज, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ (एनएमए) को २९ औं साधारणसभाको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।
संघले पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्‍याउदै आएका विभिन्न व्यक्तित्व र चुलीहरुमा धेरै आरोहण गराउन सफल उत्कृष्ट १० कम्पनीलाई सम्मान गरेको छ । साथै संघले पर्वतीय पर्यटन क्षेत्रमा योगदान पुर्‍यएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
संघले डा हर्क गुरुङ पर्वतीय पुरस्कार वरिष्ठ पर्यटन व्यवसायी स्व आङ्छिरिङ शेर्पा र कुमार खड्ग विक्रम साहसिक पुरस्कार अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुम शेर्पालाई प्रदान गर्‍यो । संघले पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका हिम चितुवा भनेर चिनिने पर्वतारोही आङ रिता शेर्पालाई एक लाखको चेक हस्तान्तरण गरी सम्मान गर्‍यो । ल्हाक्पा नुरु शेर्पालाई एक लाखको चेक हसतान्तरण गर्नुभयो । त्यसैगरी दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता अवार्ड पत्रकारद्वय जुली गुरुङ र भरतबन्दु थापालाई प्रदान गरिएको छ । संघले कार्यालय कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुष्पराज ढकाललाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा सम्मानित सबैलाई संचार तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले सम्मान पत्र प्रदान गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका