मिस टिन २०१९ को उपाधी सोलुखुम्बुकी प्रतिभा राईलाई

मिस टिन २०१९ को उपाधी सोलुखुम्बुकी प्रतिभा राईलाई

गाउँले न्युज, ७ भाद्र, काठमाण्डौ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ कि प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छिन् ।

आज शनिबार राजाधानिको जमल स्थित नाचघरमा सम्पन्न प्रतियोगीताबाट राईले उपाधी जित्दै ताज पहिरिन सफल भएको हो । फाइनल चरणमा रहेका सात जना मध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको उपाधी समेत प्रतिभानै बन्न सफल भएको छ ।

काठमान्डौको ग्रामर कलेज कोटेश्वरमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत प्रतिभा राईले उपाधी जितेसगै सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिएका छन । राई सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै अडिसन दिएको बताए । आफ्नो रुची मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउँनको लागि समेत भाग लिएको बताउँने राईले आफ्नो मात्र नभई सोलुखुम्बुकै नाम राख्न सफल भएको प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका