शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्षमा पुन: सोनाम ग्याल्जेन

शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्षमा पुन: सोनाम ग्याल्जेन

गाउँले न्युज, ३२ साउन, काठमाडौं | शेर्पा पर्यटन व्यवसायी संघ, नेपालको प्रथम अधिवेशनले पुन सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा(संगम), उपाध्यक्षमा ङावाङ ङिमा शेर्पा, महासचिवमा आङ पेम्बा शेर्पा रहेका छन् भने सचिवमा ओङ्छा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा छन्।

सदस्यहरुमा पासाङ लमु शेर्पा, गोम्बा शेर्पा, फुरदिकि शेर्पा, दाफुटी शेर्पा, पासाङ ङिमा शेर्पा, देण्डी शेर्पा, आङ छोटी शेर्पा, ल्हमु शेर्पा रहेका छन्।

पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनमा पूर्व सभासद आङदावा शेर्पा, अनररी कन्सुलर कर्प्सका डिन आङछिरिङ शेर्पा, सबैभन्दा धेरै पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल आरोही कामिरिता शेर्पा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, नेपाल पर्यटन बोर्डकी पूर्व सदस्य ङिमी शेर्पा, पर्बतीय प्रशिक्षण प्रतिस्ठानका अध्यक्ष लाक्पाफुटी शेर्पा, नेपाल पर्बतारोहण संघका महासचिब कुलबहादुर गुरुङ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का बरीष्ठ उपाध्यक्ष खुम सुबेदी, गुरुङ पर्यटन ब्यबसायी संघ नेपालकी अध्यक्ष कमला गुरुङलगायतको उपस्थिति रहेको थियो ।

साभार: स्खिखरपोस्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका