Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किराती मिथकमा आधारित म्युजिक भिडियो सार्वजनिक – Gaule Khabar

किराती मिथकमा आधारित म्युजिक भिडियो सार्वजनिक

किराती मिथकमा आधारित म्युजिक भिडियो सार्वजनिक

गाउँले न्युज, ३२ साउन, काठमाण्डौ । किराती पूर्खाहरु तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित ‘नाना तायामा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको गीतको म्युजिक भिडियो शुक्रबार एक समारोहको आयोजना गरि ललितपुरमा सार्वजनिक गरिएको हो । गीतमा रुपकुमार राई र राधा राईले स्वर दिएका छन् ।
कार्यक्रममा बोल्दै गीतकार राईले अहिले बजार र बिचार गरि दुई धारको गीत आईरहेको बताए । ‘अहिले गीतको ट्रेन्ड हेर्दा बजार र बिचार गरि दुई खेमामा बाँडिएको छ । अहिलेको भाषामा भाइरल अर्थात् बजारको गीत धेरै लेखिने गरेको छ । तर, बिचारको गीत कम लेखिएको छ । नाना तायामा गीत बिचारको गी हो’ उनले भने ‘मिथकमा आधारित गीत लेख्न गाह्रो छ । अहिलेको संरचनामा मिथकको संकेत मात्रै दिन सकिन्छ ।’ राईले गीत लेखिसकेपछि संगीतका लागि निकै चिन्ता गर्नुपरेको र अन्तमा दिनेश सुब्बालाई यो जिम्मेवारी दिएको पनि बताए ।
त्यसैगरि हङकङमा रहँदै आएका संगीतकार दिनेश सुब्बाले आफू लिम्बु भएकाले राईहरुको मिथकमा रहेको गीतको संगीत गर्नका लागि लामो समय अध्ययन गर्नुपरेको बताए । ‘तालदेखि लयसम्मका कुरामा राई र लिम्बुको संगीतमा केही फरक छ । यसको लागि मैले लामो समय अध्ययन गरें’ सुब्बाले बताए ।
त्यसैगरी कार्यक्रममा गायक रुपकुमार राईले आफूले सानोमा सुन्दै आएको मिथकमा आधारित गीत गाउन पाउँदा आफूलाई गर्व लागेको बताए । कार्यक्रममा बोल्दै निर्देशक तथा सीनेमेटोग्राफर युवराज राईले पाँच हजार वर्षअघिको कथामा आधारित गीतको म्युजिक भिडियो निर्देशन गर्न प्राविधिक रुपमा निकै कठीन भएको बताए ।
म्युजिक भिडियोमा शेसुका राई, अस्मिता राई र रामदीप राईले अभिनय गरेका छन् ।

https://gaulenews.com/?p=47526

https://gaulenews.com/?p=47522

https://gaulenews.com/?p=47517

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका