Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गायिका सावित्रा भुजेलको प्रदेशी दादा तीज गीत सार्वजनिक – Gaule Khabar

गायिका सावित्रा भुजेलको प्रदेशी दादा तीज गीत सार्वजनिक

गायिका सावित्रा भुजेलको प्रदेशी दादा तीज गीत सार्वजनिक

गाउँले न्युज, काठमाडौं । लोकदोहारी गायिका सावित्रा भुजेलको बजार तताउने तीज गीत ‘प्रदेशी दादा’ सार्वजनिक भएको छ । सावित्री भुजेलको यूट्यूब च्यानलमार्फत सार्वजनिक म्यूजिक भिडियोसहितको उक्त तीज गीतले अहिले बजारमा निक्कै चर्चा कमाउन सफल भइरहेको छ ।

भुजेल र हरी गिरी ‘विमर्शी’ले स्वरवद्ध गरेको उक्त गीतको शब्द/संगीत हरी गिरी ‘विमर्शी’को रहेको छ । कृष्ण विकले एरेञ्ज सो गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

चर्चित मोडल शंकर बिसीद्धारा निर्देशित गीतको म्यूजिक भिडियोमा स्वं भुजेलको मुख्य अभिनय रहेको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् ।

पछिल्लो समय लोकसंगीतमा जम्दै गरेकी भुजेलको यसअघि पानी पुरी लोकदोहोरीलगायत थुप्रै कोशेलीहरु बजारमा आइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका