यूवा पर्यटन व्यवसायी सरोज कट्टेलद्धारा टानको सचिव पदमा उम्मेद्धारी दिने घोषणा

यूवा पर्यटन व्यवसायी सरोज कट्टेलद्धारा टानको सचिव पदमा उम्मेद्धारी दिने घोषणा

गाउँले न्युज, २४ साउन, काठमाडौं । कर्पोरेट एडभेन्चर ट्रेक्स र ट्राभल बर्ड नेपालका प्रबन्ध निर्देशक सरोज कट्टेलले ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनमा सचिव पदका लागि उम्मेद्धारी घोषणा गरेका छन ।
छोटो समयमै पर्यटन क्षेत्रमा आफुलाई अब्बल सावित गर्न सफल कट्टेल टानमार्फत गर्नुपर्ने थुप्रै कामहरु ठोस योजनाका साथ अघि बढाइनुपर्ने आवश्यकता औल्याउनुहुन्छ ।
पछिल्लो पटक पदयात्रा पर्यटनमा थुप्रै खालका समस्याहरु देखिएकाले तीनै समस्याहरुको समाधानका लागि सचिव पदमा आफुले उम्मेद्धारी दिन लागेको उहाँले बताए ।

उहाँको बुझाईमा परमिट, ट्याक्स/भ्याटका साथै नयाँ गन्तव्यको पहिचान गर्न नसक्नु, व्यवसायीहरुलाई प्रोत्साहनमूलक कार्यक्रम गर्न नसक्नु, कुनैपनि काम सिस्टममा ल्याउन नसक्नु र राजनीतिक चलखेल अहिलेको मुख्य समस्याहरु हुन् ।

‘यूवा यूवा भन्ने एउटा शब्दावली खुब चर्चामा छ’ उहाँ भन्नुहुन्छ ‘तर, मेरो धारणा के छ भने यूवामात्रै होइन सबै मिलेर सबै पुस्ताको अनुभव र ज्ञानलाई मर्ज गरेर ठोस योजनाका साथ अघि बढ्यौ भनेमात्रै हामीले भोगेको अनि देखेको समस्या समाधान हुन्छ । त्यसलाई मनन गरेर अभिलम्ब समस्या समाधानमा लाग्नुपर्दछ ।’

पर्यटन क्षेत्रमा नीतिगत समस्या भन्दा बढि त्यसको कार्यान्वयनको प्रभावकारिता र कार्यशैलीमा समस्या रहेको तर्क उहाँको छ ।

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ (साविक नेचा बेतघारी)मा जन्मिनुभएका कट्टेलले गाउँमै एसएलसी दिएपछि खोटाङको दिक्तेलबाट प्लस टु र काठमाडौंबाट एमबीएस गर्नुभएको छ ।

सन् २००८ बाट बिदेशीको भारी झोला बोकेर पर्यटन क्षेत्रमा उठबस सुरु गर्नुभएका उहाँ एक ट्रेकिङ कम्पनीको कार्यालय सहयोगी हुँदै म्यानेजरसम्म भएर काम गर्नुभयो । २०७२ सालको भूकम्पपछि पछि भने उहाँले ठमेलमा आफ्नै स्वामित्वको कर्पोरेट एडभेन्चर ट्रेक्स र ट्राभल बर्ड नेपाल स्थापना गरेर आफ्नो व्यवसायिक दायरा फराकिलो बनाउनुभयो र अहिले सोही कम्पनीमार्फत धेरैलाई रोजगारीसमेत दिइरहनुभएको छ ।

आफ्नो व्यवसायको अलावा शिक्षा क्षेत्रमा पनि आफुलाई धेरै चासो भएकोले शिक्षासँग सम्बन्धित प्रोजेक्ट गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिए ।

साभार: शिखरपोश्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका