नेपाली कांग्रेस नेता सिंह अस्पताल भर्ना

नेपाली कांग्रेस नेता सिंह अस्पताल भर्ना

गाउँले न्युज, २१ साउन, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि सिंह अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका