Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका २७ खेलको खेल स्थल टुङ्गो लाग्यो – Gaule Khabar

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका २७ खेलको खेल स्थल टुङ्गो लाग्यो

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका २७ खेलको खेल स्थल टुङ्गो लाग्यो

गाउँले न्युज, १३ साउन, काठमाडौ । नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समावेश २७ खेलको खेल हुने स्थलको टुङ्गो लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा समावेश गरिएका २७ खेलको खेल स्थलको टुङ्गो लगाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालसहित संघका पदाधिकारी र प्राविधिक सहितको टोलीले सम्पुर्ण खेल स्थलको प्रारम्भिक रुपमा २७ खेलको खेल हुने स्थान पक्का गरेको हो ।

उक्त अनुसार खेल स्थलको मर्मत सम्भार, निर्माण र रंगरोहनको आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

सरकारले नेपालमा आयोजना हुने सागलाई काठमाडौं उपत्यका सहित पोखरामा सञ्चालन गर्दैछ । अधिकाश खेल काठमाडौंमा सञ्चालन भएपनि महिला फुटबल सहित सात खेल पोखरामा हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित कराँतेको नवनिर्मित भवनमा कराँते र बक्सिङ तथा तेक्वान्दो भवनमा कुस्ती र तेक्वान्दोका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सातदोबाटो परिसरमै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरु सञ्चालन हुनेभएको छ ।

दशरथ रंगशालामा पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश स्पर्धाहरु सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । साईकिलिङका लागि जगडोलको शहिद पार्कलाई खेल स्थलको रुपमा उपयोग गरिनेछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेलहरु सञ्चालन हुनेछ । लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबलटेनिस तथा मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेटका खेलहरु सञ्चालन गर्ने तय भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खोखो र कबड्डी खेलका लागि काठमाडौंको भृकुटी मण्डपलाई खेल स्थलको रुपमा टुङ्गो लगाएको छ । गल्फ गोकर्ण गल्फ क्लबमा सञ्चालन गर्दा उसु र तेक्वान्दोका खेलहरु भने लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गरिनेछ ।

फेन्सिङ लागि खेल स्थलको टुङ्गो लाग्न बाँकी छ । तर पुलिसको निर्माणाधिन कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा हेरिएको छ । त्यसको विकल्पमा आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा प्रयोग गरिनेछ ।

त्यस्तै, पोखरामा भने सागका ७ खेलहरु आयोजना हुनेछन् । पोखरामा रंगशलामा महिला फुटबल सञ्चालन गरिनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल, ह्याडबलका स्पर्धाहरु सञ्चालन गरिने राखेपले जनाएको छ ।

त्यस्तै पोखराको सभा गृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाईडिङका खेलहरु सञ्चालन हुनेछन् ।

१३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २५ सम्म आयोजना हुदैछ ।

sourse:khelpati

https://gaulenews.com/?p=47362

https://gaulenews.com/?p=47226

https://gaulenews.com/?p=47082

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका