कोन्छोम्बी शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुन्ड नगरपालिका ११ लाई

कोन्छोम्बी शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुन्ड नगरपालिका ११ लाई

गाउँले न्युज, १२ साउन, सोलुखुम्बु । समाज सेवी स्वा कोन्छोम्बी शेर्पा स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिका ११ ले जितेको छ ।

स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा खुम्जुङ युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा घैयादेवी युवा क्लव समुह केरुङलाई हराउदै सोलुदुधकुन्ड नगरपालिका ११ तिङ्लाले उपाधी कब्जा गरेको हो ।

हिजो (शनिबार) सम्पन्न फाईनल खेलमा जलेश्वरी युवा समूह केरुङले तेश्रो स्थान हात पारेको छ । प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमशः नगद १ लाख, ६० हजार, ३० हजार को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सोलुदूधकुण्ड नगरपालिका ११ तिङ्ला समूहका सञ्जय बस्नेतलाई १० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र सहित उत्कृष्ट चिनिए भने अनुशासनमा खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङ समूहलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा जम्मा ९ समूहको सहभागिता जनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका