गाउँले न्युज, ७ साउन, काठमाण्डौ । गुल्मी जिल्लाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् ।
सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरे ।
पौडेलका अनुसार, सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ ।
त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकले ज्यान गुमाएको प्रहरीले श्रोतले जनाएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।
उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले बताए । तर, वर्षा र पहिरोका कारण अहिलेसम्म घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेको छैन ।
साभार: अनलाईनखबर
https://gaulenews.com/?p=47190
https://gaulenews.com/?p=46265