गाउँले न्युज, ६ साउन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङ्ल्यामु गाउँपालिका २ लुक्लामा आफ्नै १४ वर्षिय भतिजीलाई बर्षाैँ देखि पटक पटक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती वालिका ८ महिनाको गर्भवती छिन् ।
खुम्बुपासाङ्ल्यामु गाउँपालिका लुक्लामा बस्दै आएका प्रकाश श्रेष्ठले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि २२ बर्षिय प्रकाशलाई प्रहरी चौकी लुक्लाले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान र कार्बाहीका लागि अभियुक्त प्रकाशलाई जिल्ला प्रहरी कार्यालय पठाइएको लुक्लाका प्रहरी सहायक निरिक्षक मोहन दाहालले जानकारी दिए ।
प्रकाशले आफ्नै जेठा दाजुको छोरी माथि करणी गरेका हुन् । पिडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै पिडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार पिडक प्रकाशले अपराध स्वीकार गरेका छन् । पिडित वालिकाको स्वास्थ्य परिक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएको छ । पिडित वालिकालाई तत्कालका लागि लुक्लामै प्रहरी र परिवारको रेखदेखमा राखिएको छ ।
sourse:yohokhabar
https://gaulenews.com/?p=46966