धनगढीमा बम विष्फोट, ५ जना घाइते

धनगढीमा बम विष्फोट, ५ जना घाइते

गाउँले न्युज, २ साउन, धनगढी । कैलालीको धनगढी उप-महानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।

बिष्फोड हुँदा घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४ का केशवराज पाण्डे रहेका छन ।
घाइते मध्ये एक जना गम्भिर अवस्थामा रहेको र सबै घाइत्यहाँरुको स्थानिय मेट्रो अस्पातलमा उपचार प्रहरिले जनाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार घटनास्थलमा ९ एमएमको चाइनिज पेस्तोल समेत भेटिएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका