पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षणको तयारी

पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षणको तयारी

गाउँले न्युज, ३१ असार, काठमाडौं । सरकारले पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षण गर्ने भएको छ । उक्त सर्वेक्षणबाट नेपालीको घुमफिर संस्कृतिको प्रवृत्ति र उनीहरुले गर्ने खर्चको यथार्थ अवस्था पत्ता लाग्ने सरकारले जनाएको छ ।

राष्ट्रिय योजना आयोगको अभिलेखमा रहने गरी विभिन्न निकायको सहयोगमा आन्तरिक पर्यटक सर्वेक्षण गर्न लागिएको आयोगका सदस्य डा. रामकुमार फुयाँलले बताए । सरकार सँग आन्तरिक पर्यटनसम्बन्धी यकिन तथ्यांक नभएको र विदेशी पर्यटक आगमनको बलियो आधार बनाउन पनि आन्तरिक पर्यटनको तथ्यांक अत्यावश्यक रहेको डा. फुयालले बताए ।
आर्थिक वर्ष २०७६/७७ को योजना तथा तथ्यांकसम्बन्धी वार्षिक विकास कार्यक्रममा आन्तरिक पर्यटक सर्वेक्षणलाई समेटिएको छ । वार्षिक विकास कार्यक्रममा अवधारणाका रुपमा समेटिएको यो सर्वेक्षण राष्ट्रिय योजना आयोगकै सम्पत्तिका रुपमा रहने सरकारले जनाएको छ ।

सर्वेक्षण केन्द्रीय तथ्यांक विभाग वा अरु कुनै निकायको नेतृत्वमा गर्ने सबै सरोकारवाला सँग सहयोग माग्ने सरकारले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा तीन राष्ट्रियस्तरका सर्वेक्षण गर्दैछ । त्यसमध्ये आन्तरिक पर्यटकसम्बन्धी सर्वेक्षण पनि एक हो ।

क्षमताको आंकलन
आन्तरिक पर्यटकको सर्वेक्षणबाट पर्यटनमा नेपालको वास्तविक क्षमताको आंकलन हुने आयोगको जनाएको छ । सरकारले १५ औं योजनाको अन्त्यसम्म वार्षिक ३५ लाख पर्यटक नेपाल आउने आंकलन गरेको छ ।
१५ औं पञ्चवर्षिय योजना आगामी आर्थिक वर्षबाटै सुरु हुँदैछ । १५ औं योजनाको पहिलो वर्ष नै नेपालले भ्रमण वर्ष मनाउँदै छ । यस अभियानबाट वार्षिक २० लाख पर्यटक आगमनको वातावरण बन्ने अपेक्षा छ । तर, नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका