Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वर्षापछिको विपदः १७ जनाको मृत्यु, ७ बेपत्ता – Gaule Khabar

वर्षापछिको विपदः १७ जनाको मृत्यु, ७ बेपत्ता

वर्षापछिको विपदः १७ जनाको मृत्यु, ७ बेपत्ता

गाउँले न्युज, २७ असार, काठमाडौं । बिहीबार रातिदेखि देशभर परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म खोटाङ, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, काठमाडौं, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।
थापाका अनुसार प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी रहेको छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्न सक्ने जनाएको छ ।

ज्यान गुमाउनेको विवरण
बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

sourse:onlinekhabar

https://gaulenews.com/?p=47152

https://gaulenews.com/?p=47116

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका